खेलकुद

प्रथम राजु साेदेन स्मृति कपमा आयाेजक टाेलि केराबारिकाे चलेन जादु!

प्रथम राजु साेदेन स्मृति कप फुटबल प्रतियाेगिता २०७८काे तेस्राे क्वाटरफाइनल खेलमा अाज केराबारि र धरानका दुई   टाेलिहरु अामनेसामने भएकाे निकै नै प्रतिस्पर्धात्मक यस खेलमा धरानले केराबारिसँग ३ का बिरुद्ध २ गाेल ले जित हासिल गरेकाे छ।

दुवै टाेलिले निकै राेमाञ्चक खेल पस्के पनि धरानले अाफ्नाे अग्रता कायम राखेर अन्त्यमा खेल अाफ्नाे पक्षमा पारेरै छाड्याे।पहिलाे हापमा ३-१ गाेलकाे अग्रता लिएकाे धरानले दास्राे हापमा भने कुनै पनि गाेल गर्न सकेन। पूरा खेलकाे समय सकिने बेलामा केराबारिले अर्काे गाेल त फर्कायाे तर त्यस गाेलले खेललाइ बराबरिमा समेत ल्याउन मद्धत गरेन तसर्थ केराबारि हार बेहाेर्न बाध्य रह्याे।

धरानकाे लागि ६ मिनेटमा सजन राइले गाेल गरेका थिए।केराबारिले १६ मिनेटमा अनिस पुलामि मगरकाे हेडर मा गाेल फर्काएर खेल बराबरिमा ल्याएकाे थियाे। तर बारबरि भने धेरै समयकाे लागि टिकेन। गाेल फर्काएकाे दुइ मिनेट नबिद्दै धरानले अर्काे गाेल थप्याे र खेलकाे ३० अाै मिनेटमा धरानले फेरि गाेल गर्दै अग्रता कायम राख्याे। केराबारिकाे लागि दास्राे गाेल अन्नत मगरले गरेका थिए।

आजकाे खेल जितेसँगै फेयर फुटबल क्लब धरानले अब झापा फुटबल क्लब सँग कात्तिक १२ गते शक्रबार सेमिफाइनल खेल खेल्नेछ । 

You may also like