खेलकुद

प्रशिक्षक अल्मुताइरिले आफ्नाे कार्यकालकाे ३ बर्ष थप सम्झाैता गरेपछि केके भने, पढ्नुहाेस्।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिले आफ्नो कार्यकाल थप गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिले समाजिक सञ्जालमार्फत एन्फाका अध्यक्ष शेर्पासँग छलफल भएपश्चात सम्झौता नवीकरण गरेको भनेर जानकारी दिएका थिए।साफ च्यायाम्पियनसिकाे दौरान एन्फाका पदाधिकारीसँग रुष्ट भई नेपाल फर्कन भनेका प्रशिक्षकले फेरी तीन वर्ष आफ्नो कार्यकाल थप भयो भनेर जानकारी दिएका छन्।

कुबेति प्रशिक्षकले अब नेपाली फुटबलको विकास कसरी गर्ने साथ केके योजना बनाउनुपर्ने भन्ने खाका सार्वजानिक गर्नेपनि घोषणा गरेका छन्।साफ सकिएलगत्तै अब एसियन कप छनोट खेल्न लागेको नेपालले अल्मुताइरिकाे मुख्य प्रशिक्षकमा एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्नेछ। त्यसबाहेक नेपालले अरु मैत्रीपुर्ण खेल हरुपनि खेल्नेछन्।

नेपाल र नेपालीलाई असाध्यै माया गरेका प्रशिक्षकले उनको नविकरण थप भएको सुन्दा नेपालीहरुमा पनि उत्तिकै खुसी छाएको थियो। नेपालको इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाईनल खेलसम्म सम्म पुर्याएका उनी पहिलो प्रशिक्षक हुन। अब थप तीन वर्ष कार्यकाल थपे सँगै नेपाली फुटबललाई कसरि विकास गर्नुपर्ने भन्नेमा जोड दिन्छु र नेपाली फुटबललाइ उचाइमा पुर्याउछु भनेर प्रतिबद्धता पनि गरेका भनेका छन्।

You may also like