खेलकुद

ला लिगामा बार्सिलाेना र भ्यालेन्सिया भिड्दै!

स्पेनिस ला लिगा फुटबल अन्तर्गत अाज बार्सिलाेना र भ्यालेन्सिया अामनेसामने हुन गइरहेका छन् ।उक्त खले नेपाली समय अनुसार अाज राति १२:४५ बाट शुचारु हुदैछ।
बार्सिलाेनाकाे घरेलु मैदानमा हुने यस खेलमा घरेलु टाेलि शतप्रतिशत जित निकालेर अंकतालिकामा सुधार ल्याउने दाउमा छ। च्याम्पियन्स लिग र ला लिगामा लगातार दुइ खेल हारिसकेकाे बार्सिलाेना यस खेलमा जसरि पनि जित निकाल्ने प्रयत्न गर्नेछ। यता भ्यालेन्सिया पनि उत्कृष्ट लयमा भने छैन । यस टाेलिले पनि अन्तिम दुइ खेलमा बराबरि खेलकाे छ।
हाल अंक तालिकामा बार्सिलाेना १२ अंक सहित अंक तालिकाकाे आठाैँ स्थानमा छ भने भ्यालेन्सिया पनि १२ अंक सहित अंकतालिकाकाे नवाै स्थानमा छ।

You may also like