खेलकुद

ला लिगामा बार्सिलाेनाकाे पुनारागमन जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत हिजाे भएकाे बार्सिलाेना र भ्यालेन्सियाबिचकाे खेलमा बार्सिलाेना ३-१ गाेलले बिजयि भएकाे छ। उक्त खले नेपाली समय अनुसार आज राति १२:४५ बाट शुचारु भएकाे थियाे।
बार्सिलाेनाकाे घरेलु मैदानमा भएकाे यस आठाैँ साताकाे खेलमा बार्सिलाेनाले पाचाैँ मिनेटमा गाेल खाएर पछि परेकाे थियाे। तर उक्त गाेल खाएकाे केहि छिनमै बार्सिलाेनाकाे लागि नाैजवान खेलाडि फातिले गाेल गर्दै खेल बराबरिमा ल्याएका थिए।
खेल अबधि भरि नै आफ्नाे दबदबामा राख्न सफल भएकाे घरेलु टाेलिले ४१ अाै मिनेटमा पेनाल्टि पाएकाे थियाे । अन्सु फातिमाथि फल गरिए पश्ताच रेफ्रिले पेनाल्टिकाे दिएका थिए र उक्त पेनाल्टिलाइ सदुपयाेग गर्दै मेम्फिस डिपेले टाेलिलाइ अग्रता दिलाएका थिए । त्यसपछि बार्सिलाेनाकाे लागि तेस्राे गाेल ८५ अौ मिनेटमा फातिकाे स्थानमा आएका ब्राजिलियन सुपरस्टार फिलिपे काेउटिन्हाेले गरेका थिए र खेल अाफ्नाे पक्षमा शुनिश्चित पारेका थिए।
यस जितसँगै बार्सिलाेना अाठ खेलबाट १५ अंक सहित साताै स्थानमा छ भने भ्यालेन्सिया नाै खेलबाट १२ अंक सहित नवाै स्थानमा छ।

You may also like