खेलकुद

T२०विश्वकपमा ओमान र स्कटल्याण्ड को विजयी सुरुवात

T२० विश्वकप क्रिकटमा घरेलु टोली ओमान र स्कटल्याण्डले विजयी सुरुवात गरेका छन्।

हिजो भएको पहिलो खेलमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले पराजित गरेको हो। पपुवा न्यूगिनीले दिएको १३० रनको लक्ष्य ओमानले बिना विकेट १३.४ ओभरमा पार गर्यो। जसका लागि ओपनरद्वय जतिन्दर सिंह र एक्युब इल्यासले अर्धसतकीय पारी खेलेका थिए।

उता टस हारर ब्याटिङ्गको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १२९ रन बनाएको थियो। जसका लागि भलाले ५६ रनको अर्धसतकीय पारी खेले।खेल जिते सँगै ओमानले २ अंक जोडेको छ भने उता पपुवा न्युगिनीले हारबाट खेल सुरु गरेको छ।

स्कटल्याण्ड विजयी

उता हिजै भएको अर्को खेलमा स्कटल्याण्डले बंगलादशविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ।स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १४० रनको मध्यम योगफल तयार पारेको थियो। जसका लागि क्रिस ग्रेभेजले ४५ रनको योगदान दिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश सम्हालिन नसक्दा ६ रनको हार बेहोर्नु परेको छ। जहां मुसफिकुर रहिमले ३८ रनको योगदान दिएका थिए।यो सँगै बंगलादेशले २ महत्वपूर्ण अंक गुमाएको छ।

You may also like