खेलकुद

नेपाल एएफसि यू-२३ एसियन कप छनाेट खेल खेल्न तयार

ताजकिस्तानमा हुन गइरहेकाे एएफसि यू-२३ एसियन कप छनाैट खेल खेल्न नेपालि टाेलि तयार भइसकेकाे छ।कात्तिक अाठमा पहिलाे खेल खेल्न गइरहेकाे नेपाल समूह बि मा रहेकाे छ।
नेपालसँगै समूह बि मा इरान, लेबनान र अायाेजक टाेलि ताजकिस्तान रहेकाे छ । नेपालले अाफ्नाे पहिलाे खेल कात्तिक ८ मा इरानसँग खेल्नेछ। दास्राे खेल भने कात्तिक ११ गते अायाेजक टाेलि ताजकिस्तानसँग खेल्नेछ। नेपालले अन्तिम खेल भने कात्तिक १४ गते लेबनानसँग खेल्नेछ। अाफू भन्दा बलियाे प्रतिद्धन्दि भएता पनि नेपाल सबै खेल जित्ने लक्ष्यमा छ भनेर नेपाल यू-२३ का प्रशिक्षक बालगाेेपाल महर्जनले भनेका छन् ।
एएफसि यू-२३ कप छनाेट खेल खेल्नु अघि नेपालले इण्डाेनेसियासँग मैत्रिपूर्ण खेल खेल्ने पनि सम्भावना रहेकाे छ। सुचना अनुसार यदि उचित वातावरण मिले यि दुइ टाेलिबिच ताजकिस्तानकाे राजधानि दुबानेबेमा कात्तिक दुइ गते मैत्रिपूर्ण खेल हुने भनिएकाे छ।

You may also like