खेलकुद

साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

सरकारले साफ च्याम्पियनसीपमा उपविजेता भएको नेपाली टिमलाई जनही ५/५ लाख दिने निर्णय गरेको छ।

मन्त्रिपरषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई जनही ५/५ लाख तथा प्रशिक्षकहरुलाई जनही ३/३ लाख दिने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

सोमबार नेपाल फर्किएको टिमले साफ च्याम्पियनसीपको फाइनलमा भारतसंग ३-० गोल अन्तरले पराजित भएको थियो।

You may also like