खेलकुद

च्याम्पियन्स लिगमा एथ्लेटिकाे मड्रिड र लिभरपुलबिच महाभिडन्त हुदै

जारि सिजन २०२१/२२ च्याम्पियन्स लिगकाे तस्राे संस्करणकाे खेल अाज रातिबाट शुचारु हुदैछ। विश्वकप क्वालिफायर २०२२काे निमित्त खेल भएपछि लगभग तीन हप्ताकाे अन्तराल पछि तेस्राे संस्करणकाे खेल हुन गइरहेकाे छ।
अाजकाे खेलमा दुइ बलिया टाेलि एथ्लेटिकाे मड्रिड र लिभरपुलबिच भिडन्त हुनेछ। उक्त खेल नेपाली समय अनुसार ठिक १२ः४५मा सुरु हुनेछ। एथ्लेटिकाे मड्रिडकाे घरेलु मैदानमा हुने यस खेलमा लिभरपुल पाहुना टाेलि भएर जानेछ। यि दवै टाेलिले हालसम्म जम्मा तिनवटा खेल खेलका छन् जसमा दुइ खेल एथ्लेटिकाेकाे पक्षमा छ साथै एक खेल बराबरि खेलका छन्।
हाल अंक तालिकामा भने दुइ खेलबाट शतप्रतिशत जित निकाल्दै लिभरपुल शिर्ष स्थानमा छ भने दुइ खेलबाट एक जित र एक बराबर खेल्दै ४ अंकका साथ एथ्लेटिकाे दाेस्राे स्थानमा छ।

You may also like