खेलकुद

पिएसजिकाे शानदार कमब्याक जित !

जारि च्याम्पियन्स लिगकाे तस्राे संस्करणकाे पिएसजि र अार बि लेइपिगबिचकाे खेलमा पिएसजिले पुनारागमन जित निकालेकाे छ। पिएसजिकाे घरेलु मैदानमा भएकाे खेलमा पाहुना टाेलि अार बि लेइपिगमाथि ३-२काे शानदार जित निकालेकाे छ।

पिएसजिका सुपरस्टार नेमारबिना खेलिएकाे खेलमा एम्बापे र मेस्सिले जितमा निकै राम्राे तालमेल गरेका थए। खेलकाे ९ अाैं मिनेटमा नै एम्बापेले सुरुवाति गाेल गरेका थिए। डि बक्स बाहिरबाट गरेकाे गाेलले सिधै गाेलकाे जालि चुमेकाे थियाे। तर जर्मन टाेलि लेइपिगले २८ अाैं मिनेटमा गाेल फर्माउदै खेल बराबरिमा ल्याएकाे थियाे। पहिलाे हाफ बराबरिमा सकिए पश्चात दाेस्राे हाफ राेमाञ्चक हुन्छ भन्ने फुटबल फेनहरुमा जुन अाशा थियाे वास्तबमा तेहि नै भयाे।

दास्राे हाफकाे ५७ अाैं मिनेटमै लेइपिगले अर्काे गाेल गर्दै खेल अाफ्नाे पक्षमा पारे पनि धेरै अबधि सम्म टिक्न सकेन । दाेस्राे हाफमा फुटबलका भग्वान मानिने मेस्सिकाे जादु चल्न थाल्याे र उनले ६७ अाैे मिनेटमा एम्बापेकाे असिस्टमा एक गाेल गरे। साथै खेलकाे ७४ अाै मिनेटमा एम्बापे माथि फउल भए पछि मेस्सिले पेनाल्टिमार्फत गाेल गर्दै खेलमा सास थप्ने काम गरेका थिए। खेलकाे अन्तिम मिनेटमा अर्काे गाेल गर्ने माैका पाएपनि एम्बापेले पेनाल्टिलाइ गाेलमा परिणत गर्न सकेनन् र खेल पिएसजिले ३ का विरुद्ध दुइ गाेलले जित्याे।
याे जितसँगै पिएसजि तिन खेलबाट ७ अंक सहित अंकतालिकाकाे शिर्ष स्थानमा छ भने अार बि लेइपिग तिन खेलबाट अंकरहित अंकतालिकाकाे सबैभन्दा तल छ।

You may also like