खेलकुद

नेपाली मूलका इटलियन क्लबमा खेलिसकेका बिकासले ए डिभिजन लिग खेल्ने

नेपाली मूलका इटालियन खेलाडि बिकास मेराग्लिया नेपाली लिग खेल्न नेपाल आइपुगेका छन् । इटालियन क्लब एटलान्टाकाे यू-१७ र य-ू१९ युथ टाेलिबाट खेलिसकेका बिकासले अाफ्नाे अब्बलता प्रदशन गरेर इटलिबाटै पनि यू -१६का खेल खेलिसकेका छन् ।

इटलिकाे चाैथाे डिभिजनमा खेलिसकेका बिकासले समाजिक सञ्जालमार्फत नेपालमा गएर फुटबल खेल्ने इच्छा ब्यक्त गरेका थिए। त्यसकै अनरुप नेपालकाे शिर्ष लिग ए डिभिजन खेल्नकाे लागि उनी यहाँ आएका हुन्।

बिकास जस्ता दिग्गज खेलाडि भित्र्याउन धेरै क्लब इच्छुक देखिए पनि हाल उनी अहिले कुनै क्लबमा पनि अनुब्ध भएका छैनन्। तर यहि महिनाकाे अन्तिमतिर शुचारु हुन गइरहेकाे ए डिभिजन लिग भने अवश्य नै खेल्ने छन् ।

ए डिभिजन लिग यहि कात्तिक २९बाट शुचारु हुन गइरहेकाे छ साथै अखिल नेपाल फुटबल संघ ले पनि सबै तयारि शुरु गरिसकेकाे छ।

You may also like