खेलकुद

च्याम्पियन्स लिगमा बार्सिलाेनालाइ खेल जित्न दबाब, युराेपा लिगमा जाने खतरा!

जारि च्याम्पियन्स लिगकाे तेस्राे राउण्डकाे खेलमा अाज बार्सिलाेना र डाइनामाे किभ भिड्न गइरहेका छन्। उक्त खेल नेपालीे समय अनुसार ठिक १०:३० मा शुचारु हुनेछ। बार्सिलाेनाकाे घरेलु मैदानमा हुने यस खेलमा डाइनामाे किभ पाहुना टाेलि भएर स्पेनमा खेल्न जानेछ।

मेस्सिले बार्सिलाेना छाडेपछि च्याम्पियन्स लिगमा एक गाेल पनि नगरेकाे बार्सिलाेनाकाे लागि याे खेल निकै चुनाैति पूर्ण हुनेछ। यस लिगमा निकै नै फितलाे प्रदशन गरेकाे बार्सिलाेनालाइ याे खेल जित्न निकै दबाब बडेकाे छ।
अगाडिकाे दुइ खेलमा बायर्न र बेन्फिकासँग सम्मान ३-० गाेलले पराजित भइसकेकाे बार्सिलाेनाले दुइ खेल खेलिसक्दा एक सट पनि गाेल पाेष्टमा हान्न सकेकाे छैन। याे बार्सिलाेना जस्ताे टिमकाे लागि निकै नै लज्जाषपद बिषय हाे।
अाजकाे खेल जितेमा बार्सिलाेनाकाे च्याम्पियन्स लिगकाे नटकाउट स्टेजमा पुग्ने सपना जिबित नै रहन्छ । यदि हारेमा बार्सिलाेनाले अरु सबै खेल जित्नु पर्ने हुन्छ।
अाजकाे खेलमा बार्सिलाेनाकाे फ्रन्टलाइन फाति, डिपे र काेटिन्हाेले सम्हाल्ने छन्।


हाल अंकतालिकामा भने बार्सिलाेना बिना अंक पुच्छरमा छ भने डाइनामाे किभ एक अंक सहित अंक तालिकाकाे तेस्राे स्थानमा छ।

You may also like