खेलकुद

राेनाल्डाे चम्किदा युनाइटेडकाे शानदार पुनारागमन जित!

जारि च्याम्पियन्स लिगकाे तस्राे संस्करणकाे मेन्चेस्टर युनाइटेड र एटलान्टाबिचकाे खेलमा युनाइटेडले पुनारागमन जित निकालेकाे छ। युनाइटेडकाे घरेलु मैदानमा भएकाे खेलमा पाहुना टाेलि एटलान्टामाथि ३-२काे शानदार जित निकालेकाे छ।
पहिलाे हाफमा दुइ गाेलले पछि परेकाे युनाइटेडकाे जितकाे लागि राेनाल्डाेले मुख्य भुमिका खेलेका थिए। खेलकाे सुरुवाति १५ अाैं मिनेटमा गाेल गरकाे एटलान्टाले २९ अाैं मिनेटमा अर्काे गाेल थप्दै खेललाइ अाफ्नाे पक्षमा लग्न निकै प्रयत्न गरेकाे थियाे। तर दाेस्राे हाफमा भने खेलकाे नतिजा नै अर्कै देखियाे।
दाेस्राे हाफकाे ५३ अाैं मिनेटमा ब्रुनाेकाे असिस्टमा गाेल गर्दै रासफाेर्ड खेलमा फर्कने संकेत दिएका थए। फेरि ७५ अाैं मिनेटमा म्यागेरले अर्काे गाेल गर्दै खेल बराबरिमा ल्याए।
८१ अाैं मिनेटमा राेनाल्डाेले निर्णायक गाेल गर्दै युनाइटेडकाे जित शुनिश्चित गरेका थिए।

हाल अंकतालिकामा युनाइटेडमा ३ खेलबाट ६ अंक सहित शिर्ष स्थानमा छ भने एटलान्टा ३ खेलबाट ४ अंक सहित दास्राे स्थानमा छ।

You may also like