खेलकुद

टी २० विश्वकप अन्तर्गत बंगलादशको सानदार जीत, पीएनजि ८४ रनले पराजीत, सकिवको एतिहासिक बलिङ

आइसिसी टी २० विश्वकप अन्तर्गत आजको खेलमा पपुवा न्युगिनी बिरु द्ध बंगलादेश ८४ रनले विजयी भएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रनको विशाल योगफल तयार पारेको थियो। जसका लागि महमदुल्लाले अर्ध शतकीय पारी खेलेका थिए। साथै सकीब अल हसनले ४६ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनी मात्र ९७ रनमा समेटिएको छ। जसका लागि मात्र २ जना ब्याट्समयानले माट दोहोरो अंकको स्कोर गरेका थिए । जहां किप्लिन दोरिगाले अविजित ४६ रन र सोपरले ११ रन जोडेका थिए। बंगलादेशी अलराउण्डर सकिव अल हसनले करियरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ४ ओभरमा ९ रन खर्चिएर ४ विकेट लिएका थिए।

You may also like