खेलकुद

साफ च्याम्पियन्सिपकाे उपबिजेता भएर पनि नेपालकाे फिफा विश्व वरियातामा गिरावट!!

विश्व फुटबलकाे सबैभन्दा माथिल्लाे संस्था फिफाले यसपटककाे नयाँ बरियता प्रकाशित गरेकाे छ। नयाँ बरियतामा नेपालकाे स्थानमा झन् गिरावट देखिएकाे छ। यसभन्दा पहिले १६८ अाैं स्थानमा रहेकाे नेपाल यसपालिकाे बरियता क्रममा एक स्थान तल झर्दै १६९ अाैं स्थानमा पुगेकाे छ।

नेपालले पहिलाे पटक इतिहास रच्दै साफ च्याम्पियन्सिपकाे फाइनलमा पुगेर उपबिजेता भएता पनि विश्व फिफा वरियातामा भने सधार ल्याउन सकेन । हुन त नेपालकाे प्रशिक्षक अल्मुताइरिले याे विश्व फिफा वरियाता सबै झुटाे हाे भनेर अालाेचना समेत गरिसकेका छन् ।

साफ च्याम्पियन्सिप बिजेता भारत बरियातामा १०६ अाैं स्थानमा छ। दक्षिण एसियालि मुलुकका तुलानामा भने नेपाल भन्दा माथि भारत र माल्दिभ्स रहेका छन् ।माल्दिभ्स १५६ अाैं स्थानमा छ र अरु राष्ट्र बंगलादेश, भुटान ,श्रिलङ्का, पाकिस्तान सबै नेपाल भन्दा तल छन्।

विश्व वरियताकाे पहिलाे स्थानमा बेल्जियम नै यथावत रहेकाे छ। दास्राेमा ब्राजिल ,तेस्राेमा फ्रान्स हुदैँ युराेकप बिजेता इटालि चाैथाे, ङंग्ल्यान्ड पाचाैं ,काेपा अमेरिका बिजेता अर्जेन्टिना छैटाै, स्थानमा रहेकाे छ। स्पेन, पाेर्चुगल, मेक्सिकाे र डेनमार्क साताै ,अाठाै ,नवाै र दशाैँ स्थानमा छन्।

You may also like