खेलकुद

मैत्रिपूर्ण खेलमा नेपाल इण्डाेनेसियासँग पराजित!

ताजकिस्तानमा हुन गइरहेकाे एएफसि यू-२३ एसियन कप छनाैट खेल खेल्न गइरहेकाे नेपालले अाज इण्डाेनेसिया यू-२३ टाेलि सँग मैत्रिपुर्ण खेल खेलेकाे छ। उक्त खेल अाज नेपाली समय ५:४५मा सुरु भएकाे थियाे।

पहिलाे हाफमा सन्ताेसजनक प्रदशन गरकाे नेपालले दास्राे हाफकाे ५५ अाैं मिनेटमा पहिलाे खेल खायाे। इण्डाेनेसियाकाे लागि हानिस सगराले गाेल गरका थिए। ८५ अाैं मिनेटमा गाेल गर्ने राम्राे अबसर पाए पनि इण्डाेनेसियाकाे गाेलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए। र थप समयकाे अन्तिम मिनेटमा फेरि नेपाल २का बिरुद्ध शुन्य गाेलले पराजित भएकाे छ।

अब याे मैत्रिपूर्ण खेलसकिएसँग ताजकिस्तानमा हुन गइरहेकाे एएफसि यू-२३ एसियन कप छनाैट खेल खेल्न नेपालि टाेलि तयार भइसकेकाे छ।कात्तिक अाठमा पहिलाे खेल खेल्न गइरहेकाे नेपाल समूह बि मा रहेकाे छ।नेपालसँगै समूह बि मा इरान, लेबनान र अायाेजक टाेलि ताजकिस्तान रहेकाे छ ।

नेपालले अाफ्नाे पहिलाे खेल कात्तिक ८ मा इरानसँग खेल्नेछ। दास्राे खेल भने कात्तिक ११ गते अायाेजक टाेलि ताजकिस्तानसँग खेल्नेछ। नेपालले अन्तिम खेल भने कात्तिक १४ गते लेबनानसँग खेल्नेछ। अाफू भन्दा बलियाे प्रतिद्धन्दि भएता पनि नेपाल सबै खेल जित्ने लक्ष्यमा छ भनेर नेपाल यू-२३ का प्रशिक्षक बालगाेेपाल महर्जनले भनेका छन् ।

You may also like