खेलकुद

माेरङ्ग केराबारिमा प्रथम राजु साेदेन स्मृति कप फुटबल प्रतियाेगिता २०७८ आयाेजना हुदै !

खेलकुद बिकास समिति माेरङ्ग केराबरिका सचब तथा खेलकुद कर्मि राजु साेदेनकाे स्मृतिमा प्रथम राजु साेदेन स्मृति कप फुटबल प्रतियाेगिता २०७८ आयाेजना यहि कात्तिक ०८ गते बाट हुन गइरहेकाे छ।

केराबारि मछिन्द्र चाेकबाट केहि पूर्व रहेकाे केराबारि रंगशालामा कात्तिक ८ बाट कात्तिक १५ सम्म हुने यस खेलमा प्रदेश नं १ का सबै स्तरिय खेलाडिहरु उपस्थिति हुने  छन्।


यस प्रतियाेगितामा माेरङ्ग, उदयपुर ,झापा र सुनसरि का जम्मा ८ वटा टिमले सहभागिता जनाउने छन्। सहभागिता जनाउने टाेलिहरु बसाह फुटबल क्लब उदयपुर, झापा फुटबल क्लब, केराबारि फुटबल क्लब, फेयर फुटबल क्लब धरान, बिराटनगर स्पाेर्टस एकडेमि, नबाेदय फुटबल क्लब पथरि, इटहरि फुटबल क्लब र लेटाङ्ग फुटबल क्लब गरि ८ टिमले सहभागिता जनाउने छन्।

प्रतियाेगिताकाे बिजयि टिमले नगद १,०१,१११ र उपबिजेता टिमले नगद ५१,१११ सहित कप, मेडल र सर्टिफिकेट पाउने छ। प्रत्येक खेलमा उत्कृष्ट खेलाडिलाइ केहि नगद प्रदान गरिने छ। प्रतियाेगिता सञ्चालनकाे लागि जम्मा १५ लाख खर्च हुने भनिएकाे छ।

You may also like