ताजा समाचार

दुर्गा पुजाको समयमा हिन्दुहरुमाथी मुस्लिमको आक्रमण यसरी भएको थियो:

दुर्गा पुजाको पहिलो दिन कोमिल्ला सहरमा दुर्गा पुजाको एउटा पण्डालमा कुरानलाइ दुर्गा मुर्तिको सरणमा रखिएको फोटो सामाजिक संजालभरी फैलियो। त्यो खबरले बङलादेशका  मुस्म्लिम समुदायलाई असहय भयो। मुस्लिमहरुको मुख्य ग्रन्थ ‘कुरान’ लाई गरेको अपहेलनाले समुदाय भड्कियो र सुरु भयो हिंशाको एक श्रृङखला।

खास कुरा के हो ? दुर्गाको शरणमा कुरान कस्ले राख्यो? यो कुरा त्यति मतलब भएन। देशको विभिन्न ठाउँमा त्यो हल्ला फैलियो र भड्किएको भिडले हिन्दुहरुको पुजा पण्डालमा आगजनी गर्ने, मुर्तिहरु तोड्ने कार्य हुन थाल्यो। हिन्दु व्यावसायिहरुको घरमा हमला हुन थाल्यो। १५ अक्टोबरमा नोआखाली इलाकामा एउटा इस्कन (International Society for Krishna Consciosness) मन्दिरमा भिडले भक्तहरुलाइ हमला गर्‍यो। एकजना श्रद्धालु प्रान्त दासको मृत शरीर नजिकैको तालमा भेटियो। ISKCON ले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिलाइ बङ्गलादेश सरकारसँग कुरा गर्न अपिल गर्‍यो। संयुक्त संघलाई पनि चिठी लेखेर ध्यानाकर्षण गरायो। त्यसपछी बङ्गलादेशी सरकार तातियो। बोर्डर सुरक्षाकर्मिलाइ खटाइयो। सिसिटिभी फुटेज चेक गर्न थाल्यो। पुलिसले आरोपिलाइ गिरफ्तार गर्न थाल्यो।

१५ अक्टोबरमै बङ्गलादेशी प्रधानमन्त्री सेख हसिनाले भिडियो कन्फेरेन्स मार्फत सम्बोधन गर्दै दोषिलाइ कुनैपनि हालतमा कार्वाही गर्ने बताउनु भयो। १६ अक्टोबरमा दङ्गालाइ आफुहरुले काबुमा लिइसकेको दाबी पुलिसले गर्यो तर भोलि पल्ट राती एउटा भयानक घटना भयो। रङ्पुरमा हल्ला फैलियोकी एक जना युवकले फेसबुकमा इस्लाम बिरोधी स्टाटस लेख्यो भनेर। त्यसपछी ठूलो संख्यामा इस्लामी बिरोधिहरु त्यस युवकको घर अघि जम्मा भए। पुलिस समयमा नै पुगेर युवकलाउ बचायो तर उनिहरुले आसपासका घरहरुमा आगो लगाइदिए। ६५ भन्दा बढी घरहरु जल्यो। पुलिस र भिड बिच मुडभेड भयो।
विभिन्न ठाउँमा भएको हमलामा परि ६ जना भन्दा बढीको ज्यान गइसकेको खबर छ र १०० भन्दा बढी घाइते भएका छन् । सिसिटिभी फुटेजका आधारमा मुर्तीमुनि कुरान राख्ने एक जना युवकलाइ पुलिसले समाती सकेको छ। दुर्गा पुजा पण्डालमा भएको हमलाको आरोप ‘जमात ए इस्लामिक’ लाई लागिरहेको छ। यो एक इस्लामिकहरुलो गुट हो।
अधिकारीहरुका यो एक योजनाबद्ध हमला बताउछन् । २०२३ मा बाङ्गलादेशमा आम निर्वाचन हुँदै छ। केही ब्यक्तिहरु यो सरकारलाइ अस्थिर बनाउने योजना हो पनि भनिरहेका छन् , सम्प्रदायिक हिंसाले सरकारमा दवाव बढाउन चहान्छ ताकि यसको फाइदा कट्टर इस्लामिक पार्टिहरुलाइ मिलोस।

१६ करोड भन्दा बढी जनसंख्या रहेको बङ्गलादेशमा करिब 10% मात्र हिन्दु रहेका छन् । इस्लाम त्यहाँको रास्ट्र्य धर्म पनि हो। त्यहाँ हिन्दुहरु माथी हमला भएको यो पहिलो घटना हैन। एक बङ्गलादेशी मानव अधिकार समूहको अनुसार सन् २०१३ देखि अहिले सम्म कम्तिमा पनि ३५०० भन्दा बढी हमला हिन्दुहरुमा भइसकेको छ। यो दुर्गा पुजाको घटनाले बिश्वको ध्यान केन्द्रित गरेको छ।

You may also like