खेलकुद

इटालीमा व्यावसायिक फुटबल खेलेका बिकास च्यासल युथ क्लबबाट खेल्ने

केहि दिन मात्र नेपाली मूलका इटालियन खेलाडि
ए डिभिजन लिग खेल्न नेपाल आइपुगेका बिकास मेराग्लिया च्यासल यूथ क्लबमा अनुबन्धित भएका छन्।च्यासल यूथ क्लबले उनलाइ शुक्रबारकाे दिन एक कार्यक्रम मार्फत अनुबन्धन भएकाे घाेषठा गरेकाे थियाे।

उनी क्लबसँग कति समयकाे र रकमकाे लागि अनुबन्ध भएकाे नखुलाएतापनि उनले याे वर्षकाे लागि भने क्लबसँग सम्झाैता गरेका छन्। साथै उनी१० नम्बर जर्सिमा च्यासल यूथ क्लबमा देखिने पक्का भएकाे छ।

इटालियन क्लब एटलान्टाकाे यू-१७ र य-ू१९ युथ टाेलिबाट खेलिसकेका बिकासले अाफ्नाे अब्बलता प्रदशन गरेर
इटलिबाटै पनि यू -१६का खेल खेलिसकेका छन् ।

इटलिकाे चाैथाे डिभिजनमा खेलिसकेका बिकासले समाजिक सञ्जालमार्फत नेपालमा गएर फुटबल खेल्ने इच्छा ब्यक्त गरेका थिए। त्यसकै अनरुप नेपालकाे शिर्ष लिग ए डिभिजन खेल्नकाे लागि उनी यहाँ आएका हुन्।उनलाइ नेपालमा खेलाउन प्रशिक्षक अल्मुताइरिले पनि मुख्य भुमिका खेलका थिए।

ए डिभिजन लिग यहि कात्तिक २९बाट शुचारु हुन गइरहेकाे छ साथै अखिल नेपाल फुटबल संघ ले पनि सबै तयारि शुरु गरिसकेकाे छ।

You may also like