खेलकुद

को हुन् यी १२ वर्षीया रेबेका, जसले डिजाइन गरिन् स्कटल्याण्डको विश्वकप जर्सी

स्कटल्याण्डको यसपटकको विश्वकपको जर्सी डिजाइन १२ वर्षीया बालिका रेबेका डाउनीले गरेकी छिन्।

स्कटल्याण्डले मुलुकभर रहेका स्कुले बालबालिकाले बनाएको सयभन्दा धेरै डिजाइनमध्ये एउटा डिजाइन छानेको थियो। जसमा रेबेका डाउनी विजयी भएकी हुन्।

उनले डिजाईन गरेको जर्सीमा गाढा निलो र बैजनी रङ रहेको छ। जुन डिजाइन स्कटल्याण्डको राष्ट्रिय प्रतीकको रङमा आधारित थियो।

रेबेक विजेता भएपछि क्रिकेट स्कटल्याण्डले सामाजिक सञ्जाल ट्वीटरमा उनको तस्वीर शेयर गर्दै धन्यवाद दिएको छ। स्कटल्याण्डको टोलीका कप्तान किले कोएट्जरले आफ्नो टोलीलाई यो डिजाइप्रति गर्व रहेको प्रतिक्रिया दिएका छन्। धेरै धेरै बधाई ति सानी बहिनीलाई।

You may also like