खेलकुद

टी २० विश्वकम्पमा आज रोमाञ्चक खेल, भारत र पाकिस्तानमा भि ड्दै

यूएईमा जारी आईसीसी टी-२० विश्वकपमा आज भारत र पाकिस्तान खेल्दै छन् ।

यी दुई टोलीबीचको म्याच निकैनै रोमाञ्चक साथै फाइनल भन्दा कम भने पक्कै हुने छैन।विश्वकै कुरा गर्दा भारत र पाकिस्तानबीचको खेल निकै महत्वका साथ हेरिन्छ। दुई देश बीच सीमा बुदाद तथा अन्य विवाद भै रहँदा खेलमा समेत आक्रो स झल्किन्छ। आइपिएल मा समेत त्यही कारणले पाकिस्तानका खेलाडी खेल्न पाउँदैनन्। यी दुई देशले एकअर्का बीच खेल खेली विश्वकपको सुरुवात गर्दैछन्।

समय: खेल नेपाली समयअनुसार राति ७ः४५ बजे

आज सम्मको कुरा गर्दा टी-२० विश्वकपमा पाकिस्तानले भारतलाई हराउन सकेको छैन ।आज त्यो दिन आउन सक्छ र इतिहासमा नाम लेखाउन सक्छ, हो पाकिस्तान त्यही रच्न चाहन्छ। यी दुई टोलीको अन्तिम म्याच २०१६ मा रहेको थियो।

भारतको सम्भावित–११ :

केएल राहुल, रोहित शर्मा, विराट कोहली (कप्तान), इसँन किसन , ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, वरुण चक्रवर्ती/आर आश्विन, भुवनेश्वर कुमार/ मोहम्मद शामी र जसप्रीत बुमराह

पाकिस्तानको सम्भावित–११ :

बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), फखर जमान, मोहम्मद हाफिज, शोएब मलिक, आसिफ अली, शादाब खान, इमाद वासिम, हसन अली, हरिस रौफ र शाहीन शाह अफ्रिदी ।

विराट कोहलीले शतकीय पारी नखेलेको निकै भै आजको खेल हेर्न लाएक हुनेछ। उता बाबर अजाम भने निकै फममा रहेका छन।

You may also like