खेलकुद

एएफसि यू-२३ एसियन छनाेट खेलमा नेपालले आज पहिलाे खेल खेल्दै

ताजकिस्तानमा हुन गइरहेकाे एएफसि यू-२३ एसियन कपमा नेपालले अाज इरान यू-२३ टाेलि सँग पहिलाे खेल खेल्न गइरहेकाे छ। उक्त खेल अाज नेपाली समय ४:४५मा सुरु हुनेछ।

दुशहान्बेमा स्थित रिपब्लिकन रंगशालामा हुने यस खेल निकै राेमाञ्चक हुने अनुमान गरिएकाे छ। पछिल्लाे खेलकाे नतिजा हेर्दा इरानसँग एक खेल पनि जित्न नसकेकाे नभए पनि नेपाल यसपालि भने लयमा देखिएकाे छ।
समुह बि मा स्थित नेपाल सँगै अरु इरान, लेबनान र ताजकिस्तान रहेका छन् ।

नेपालले दास्राे खेल भने कात्तिक ११ गते अायाेजक टाेलि ताजकिस्तानसँग खेल्नेछ। नेपालले अन्तिम खेल भने कात्तिक १४ गते लेबनानसँग खेल्नेछ। अाफू भन्दा बलियाे प्रतिद्धन्दि भएता पनि नेपाल सबै खेल जित्ने लक्ष्यमा छ भनेर नेपाल यू-२३ का प्रशिक्षक बालगाेेपाल महर्जनले भनेका छन् ।

You may also like