खेलकुद

प्रथम राजु साेदेन स्मृति कप फुटबल प्रतियाेगिता २०७८ काे पहिलाे खेलमा झापा फुटबल क्लब बिजयि !

खेलकुद बिकास समिति माेरङ्ग केराबारिका सचिब तथा खेलकुद कर्मि राजु साेदेनकाे स्मृतिमा भएकाे प्रथम राजु साेदेन स्मृति कप फुटबल प्रतियाेगिता २०७८ काे पहिलाे खेल बसाहा फुटबल क्लब (उदयपुर)र झापा फुटबल क्लब(झापा)बिच सम्पन्न भइइसकेकाे छ। पहिलाे खेल भएर उद्धघाटनकाे क्रममा केहि समय ठिलाे भइ ४ बजे शुरु भएकाे खेलमा झापाले बसाहा बिरुद्ध ४ -१काे फराकिलाे जित निकालेकाे छ।

पहिलाे हाफकाे शुरुवाति समय मै झापाले दुइ गाेलले अघि  भएता पनि २२ अाैं मिनेटमा बसाहाकाे गाेल फर्काउदै खेलमा फकर्ने संकेत दिएकाे थियाे । झापाकाे लागि पहिलाे हाफमा गनेश र सराेज कार्किले गाेल गरेका थिए।झापाले दाेस्राे गाेल गरेकाे केहि समयमै बसाहाकाे लागि पवन कार्किले गाेल गरेका थिए।

दास्राे हाफमा बसाहा फुटबल क्लबले थप २ गाले खानपुग्याे ।दास्राे हापमा झापाकाे लागि राेहन कार्कि र श्यामले ले गाेल गरेका थिए। खेलका म्यान अफ द म्याच पनि झापा एफ सिका राेहन कार्कि घाषित भए।

याे जितसँगै अब झापाले बुधबार हुने केराबारि फुटबल क्लब र फेयर फुटबल क्लबबिचकाे बिजयिलटाेलि सँग प्रतिशपर्धा गर्नेछ। अबकाे दाेस्राे खेल भने भाेलि कात्तिक ९ गते मंगलबार बिराटनगर स्पाेटर्स एकेडमि र नबाेदय फुटबल क्लब पथरिबिच केराबारि रंगशालामा हुनेछ।

You may also like