राजनीति

एमसीसी नेपालको हितमा छ,मजाले पास गर्नुपर्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्नुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको कैलाली बाढीपहिरो अवलोकन गर्न आइपुगेका प्रधानमन्त्री देउवाले भन्छन, बेकारको हल्ला मात्रै एमसीसी को बारेमा फैलाएको हो , गलत प्रचार गरिँदैछ, एमसीसी नेपालको विकासको हितमा रहेको र पास गरिहाल्नु पर्दछ।

उनी अझ थप्छन्, यो वर्षाले गरेको क्ष ति को तत्काल सम्बोधन हुने बताउँछन् । बाढीपहिरोबाट भएको क्षति र पुर्नस्थापनाका लागि दीर्घकालीन योजना बनाइने देउवाले बताए ।

विपद् जुनसुकै वेला पनि आउन सक्ने भन्दै प्रधानमन्त्री देउवा त्यसको पूर्वतयारीमा जुट्नुपर्नेमा समेत जोड दिए ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनका बारेमा कुनै छलफल नभएको बताए ।

You may also like