देश

पाथीभरा मातालाई दर्शन गरी हेर्नुहोस आजको राशिफल, दिन शुभ रहनेछ

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुने देखिएको छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आजको दिन पढाइमा एकदमै राम्रो छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । सरकारी काममा सफलता मिल्नेछ ।
वैवाहिक जीवन राम्रो हुनेछ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आजको दिन शुभ रहने योग छ। अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामाजिक काममा नाम कमाइन्छ। धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । आज अलि बिरामी पर्नु हुनेछ।रोकिएका काम सम्पादन हुनेछन । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइनेछ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ। व्यापार बाट आज फाइदा हुँदैन सचेत रहनुहोला। काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नया साथी बनाउने योग छ। हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहने छ । मनग्ये धनलाभ हुनेछ । आकस्मिक खुसी मिल्ने छ। व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएको राम्रो दिन छ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । वैवाहिक सम्बन्ध त्यती राम्रो छैन। व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तानले खुसी दिलाउनेछन । विभिन्न उपहार प्राप्त तथा अन्य धेरै कुरा प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिनमा सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधनबाट सामान्य लाभ हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

उद्योग तथा व्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ। पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । नया खानाको स्याद लिने योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउन सक्ला। प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । सहयोगीहरूले आजको दिनमा धेरै सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । सरकारी काममा सफलता मिल्नेछ । उचित काममा सही निर्णय लिन सकिने छ ।

You may also like