खेलकुद

प्रथम राजु साेदेन स्मृति कप फुटबल प्रतियाेगिता २०७८ काे दाेस्राे खेलमा बिराटनगरकाे नमिठाे हार

केराबारि रंगशाला स्थित अाज भएकाे प्रथम राजु साेदेन स्मृति कप फुटबल प्रतियाेगिता २०७८ काे दाेस्राे क्वाटर्रफाइनल खेलमा नवाेदय फुटबल क्लब विजयि भएकाे छ। बिराटनगर स्पाेर्टस एकेडमि र नवाेदय फुटबल क्लबबिच भएकाे अाजकाे खेलमा नवाेदय फुटबल क्लबले ५काे बिरुद्ध ० गाेलले खेल जितेकाे छ।

पहिलाे हापमा तिन गाेलकाे अग्रता लिएकाे नवाेदयले खेलभरि नै अाफ्नाे दबदबा कायम राख्न सफल भयाे। नवाेदयकाे लागि सुबास तामाङ्गले १ गाेल र सनम भुजेलले दुइ गाेल गर्दै पहिलाे हाफमा ३-०काे अग्रता कायम गर्न सफल भएकाे थियाे।

दास्राे हापमा पनि बिराटनगरलाइ खेलमा फर्कने माैका दिएन।दाेस्राे हापमा थप दुइ गाेल गर्दै नवाेदयले जित शुनिश्तित गरेकाे थियाे ।

याे जितसँगै अब नवाेदयले बिहिबार हुने इटहरि फुटबल क्लब र लेटाङ्ग फुटबल क्लबबिचकाे बिजयिलटाेलि सँग प्रतिशपर्धा गर्नेछ। अब तेस्राे खेल भने भाेलि कात्तिक १० गते बुधबार अायाेजक टाेलि केराबारि फुटबल क्लब र  सुनसरि धरानकाे पाहुना टाेलि फेयर फुटबल क्लबबिच केराबारि रंगशालामा हुनेछ।

You may also like