खेलकुद

T20 विश्वकपमा आजको खेल रोमाञ्चक, पाकिस्तान र साउथ अफ्रिका विजयी

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज भएका खेलमा क्रमस पाकिस्तान र south africa ले जित हासिल गरेका छन।

भर्खरै सकिएको खेलमा न्यूजील्या्ड विरुद्ध पाकिस्तान 5 विकेटले विजयी भएको छ।

पहिला ब्याटिङ गरेको न्यूजील्याण्ड ले निर्धारित 20 ओभरमा 8 विकेट गुमाई 134 रनको योगफल तयार पारेको थियो। वालिङमा अरिस राउफले उत्कृष्ट बलिङ गरे। 4 ओभरमा 18 रन खर्चेर 4 विकेट लिएका थिए।

जवाफि ब्याटिङ गरेको पाकिस्तानले 18.4 ओभरमा भेट्टाएको थियो।जसका लागि अन्तिम तिर आएका असिफ अलीले 12 बलमा 27 रनको आक्रामक पारी खेले।

त्यस्तै दिउँसो भएको खेलमा साउथ अफ्रिका विजयी भएको छ।पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा 143 रनको योगफल तयार पारेको थियो।

जबाफि ब्याटिङ्ग गरेको साउथ अफ्रिकाले 18.2 ओभरमा लक्ष्य भेट्टाएको थियो।

You may also like