खेलकुद

युनाइटेडलाई फेरीपनि जाेगाउँदै रोनाल्डो!

जारि च्याम्पियन्स लिगकाे चौथो संस्करणकाे खेलमा मेन्चेस्टर युनाइटेड र एटलान्टाले बराबरी खेलेका छन्। एटलान्टाको घरेलु मैदानमा भएको खेलमा आफ्नो अग्रता जोगाउन नसक्दा एटलान्टा बराबरी खेल्न बाध्यता भएको थियो। युनाइटेडका सुपर ईस्टार खेलाडी रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले खेल बराबरीमा ल्याउन सफल भएको थियो साथै उक्त खेलको नतिजा २-२ को बराबरी हुन पुग्यो।
खेलको १२ औं मिनेटमा एटलान्टाको इलिसिक गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए। पहिलो हातको अन्तिम समयमा रोनाल्डोले गोल गरेर टिमलाई बराबरीमा ल्याउन सफल भएका थिए। दोस्रो हापको 56 औं मिनेटमा एटलान्टाको लागि जापाटाले गोल गर्दै एटलान्टालाई फेरि अग्रता दिलाएका थिए। तर अन्तिम समयमा फेरि रोनाल्डोले गोल गर्दै टिमलाई हारबाट जोगाउन सफल भएका थिए।


व्यक्तिगतरुपमा उच्च प्रदर्शन गरेका रोनाल्डोले खेलको प्लेयर अफ द म्याच पनि पाएका थिए। यो खेलसँगै युनाइटेड चार खेलबाट 7 अङ्कका साथ शीर्ष स्थानमा छ।एटलान्टा चार खेलबाट 5 अंकका साथ तेस्रो स्थानमा छ।

You may also like