खेलकुद

मेस्सिबिना च्याम्पियन्स लिग खेल्न लागेकाे पिएसजिले जित्ला त आजकाे खेल !

युरोपियन च्याम्पियन्स लिगकाे चौथो संस्करणकाे खेलमा आज जर्मन क्लब अारबि लेइपिक र फ्रेन्च क्लब पिएसजि आमनेसामने हुन गइरहेका छन् । लेइपिको घरेलु मैदानमा हुने यस खेल नेपाली समयअनुसार ठिक १:४५ बाट सुरु हुनेछ।


आफ्नो सुपरस्टार खेलाडी मेस्सिबिना खेल्न लागेको पीएसजी सतप्रतिशत जीत निकाल्न चाह्न्छ। चोट संग जुधिरहेका अर्जेन्टिनी सुपरस्टार मेस्सिलाइ यस खेलबाट बञ्चित गरिएको छ। हिजो घोषणा भएको पीएसजीको टोलीमा मेस्सि नखेल्ने भनेर पक्का भएकाे छ।
चोटले थप पिराेले पछि पछिल्लाे दुईदिन प्रशिक्षणमा सहभागिता जनाएका थिएनन्। प्रशिक्षक पाेचेटिनाेले फिटनेसको कारण मेस्सी खेलबाट वंचित भनेपनि उनी आफ्नो घुडामा लागेको चोट र ह्यामस्ट्रिङ्ग इन्जुरिकाे कारण मैदान फर्कन नसकेका हुन्। तसर्थ आजको खेलमा पिएसजिको फ्रन्टलाइन नेइमार ,एमबाप्पे र डिमारियाले सम्हाल्ने छन्।


हाल अङ्क तालिकामा पिएसजि तीन खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ। लेइपिग तीन खेलबाट बिना अङ्क अङ्कतालिकाको पुछारमा छ।

You may also like