खेलकुद

के हो ballon d’Or ? कुन खेलाडिले कति पटक जिते?

के हो ballon d’Or?

ballon d’Or एक प्रख्यात फ्रान्सेली पत्रीका ‘फ्रान्स फुटबल’ ले प्रदान गर्ने वार्षिक पुरस्कार हो। १९५६ बाट सुरु भएको ballon d’Or लाई फुटबल जगतकै सबैभन्दा पुरानो र प्रतिष्ठित पुरस्कार मानिन्छ।

संसार भरिका जुनसुकै देशका व्यवसायिक खेलाडिले यो पुरस्कार जित्न सक्छन् । तर अहिले सम्मको इतिहासमा जर्ज विय मात्र एक खेलाडी हुन् जो युरोप र अमिरिका बहिरको मुलुकको भएर पनि यो पुरस्कार जिते। अफ्रिकी खेलाडि जर्ज अहिले लिबेरियाका रास्ट्रपति समेत छन् ।

यो पुरस्कारका लागि सर्वोत्कृष्ट खेलाडी कसरी छानिन्छ?

अघिल्लो सिजन राम्रो प्रस्तुत गरेका खेलाडी मध्यका एक खेलाडीलाइ फुटबल पत्रकार, प्रशिक्षक र रास्ट्र टिमका क्याप्टेनको मतको आधारमा यो पुरस्कार प्रदान गरिन्छ। २००७ भन्दा पछि मात्र प्रशिक्षक र क्याप्टेनलाई मतमा सामेल गरिएको हो। त्यो भन्दा अघि फुटबलका पत्रकारले मात्र मत दिन पाउथे।

कुन खेलाडिले कति पटक जिते?

अहिले सम्म सर्बाधिक ballom d’Or जित्ने खेलाडी लियोनेल मेस्सी हुन् । उनले अहिले सम्म ६ पटक जितिसकेका छन् भने उनलाइ पछ्याउँदै क्रिस्टियानो रोनाल्डोले ५ पटक जितेका छन् । त्यसैगरी फ्रान्सका माइकल प्लाटिनी, नेदरल्यान्डका जोहान क्रायफ र मार्को भ्यान वास्टेनले ३/३ पटक जितिसकेका छन् । २ पटक र १ पटक गरि अन्य थुप्रै खेलाडिले यो पुरस्कार जिति सकेका छन् ।

२०१९ को ballon d’Or पुरस्कार लियोनेल मेस्सिले जितेका थिए भने २०२० मा कोरोनाको कारण रद्द गरिएको थियो। २०२१ मा २९ जाना टप खेलाडीमध्ये कस्ले जित्छ भनेर थाहा पाउन Nov. २९ नै पर्खिनु पर्ने हुन्छ।

You may also like