खेलकुद

सुपरस्टार खेलाडिले भरिपूर्ण पिएसजि बराबरिमै राेकियाे !

युरोपियन च्याम्पियन्स लिगकाे चौथो संस्करणकाे खेलमा आज जर्मन क्लब अारबि लेइपिक र फ्रेन्च क्लब पिएसजिबिचकाे खेल २-२काे बराबरिमा सकिएकाे छ। लेइपिको घरेलु मैदानमा हुने यस खेल नेपाली समयअनुसार ठिक १:४५ बाट सुरु भएकाे थियाे।


आफ्नो सुपरस्टार खेलाडी मेस्सिबिना खेलेकाे पीएसजीकाे फ्रन्टलाइन नेइमार ,एमबाप्पे र डिमारियाले सम्हालेका थिए। सुरुवाति मिनेटमै गाेल खान पुगकाे थियाे। २१ अाैँ मिनेटमा विजनेल्डमले गाेल गर्दै खेल बराबरिमा ल्याएका थिए। विजनेल्डमले ३९ अाैँ मिनेटमा दाेस्राे गाेलमा पिएसजिले अग्रता बनाएपनि इन्जुरि समयकाे अन्तिम समयमा अग्रता जाेगाउन नसक्दा पिएसजि बराबरि खेल्न बाध्य भएकाे थियाे।


हाल अङ्क तालिकामा पिएसजि चार खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ। लेइपिग चार खेलबाट १ अङ्क अङ्कतालिकाको पुछारमा छ।

You may also like