ताजा समाचार

प्रचण्डजी र मैले MCC पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन मिलेर MCC सम्झौतालाई अघि बढाउने बताएका छन् ।

कोप–२६ स्कटल्याण्ड मा सहभागिता जनाएर नेपाल फर्केका देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनबारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको प्रस्ट पारेका छन् ।

मंगलबार भएको भेटवार्तामाप्रधानमन्त्री देउवाले भने, ‘प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं ।’ उनले एमसीसीकी ल्याटोर्तुलाई आफूहरुले सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको उल्लेख गर्दै अहिलेको संसद् अधिवेशन अन्त्य अर्कै कारणले गरिएको जानकारी दिएको उल्लेख गरे ।

नेपालमा संसदबाट mcc सम्झौतालाई अनुमोदन गर्ने सम्बन्धमा गठबंधन संग कठिनाई भै रहेको अवस्था छ उनले थपे ।प्रधानमन्त्री देउवाले अझै MCC नेपालकै पक्षमा रहेको बताएका छन्।

अमेरिकाले mcc सम्झौता अहिले सम्म पनि कार्यान्वयन नभएपछि असन्तुष्टि व्यक्त गरिरहेको छ । संसद्को अधिवेशन कात्तिक १२ गते अन्त्य भएकै दिन एमसीसी सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले असन्तुष्टि जनाएको थियो ।प्रधानमन्त्री को यो अभीव्यक्तिले नेपाली जनतालाई सोच्न बाध्य बनाएको छ ।

You may also like