खेलकुद

अन्तत लेजेन्डरी जाभी बार्सिलोनामै आउने पक्का। सर्त के छ त पढ्नुहोस।

६ वर्ष पछि बार्सिलोनाका पुर्ब खेलाडी जाभी बार्सिलोनामै फर्किने पक्का भएको छ तर प्रशिक्षक भएर। कतारी क्लब अल-साडले जाभिलाइ आफै राख्न सुरुमा निकै प्रयास गरेता पनि जाभीले नै आफ्नो पुर्ब क्लब जान इच्छा गरे पछि र बार्सिलोना सगको लगातार छलफल पछि यो सम्भव भएको हो।

तर अल-साड, जहाँ जाभिले सन् २०१९ देखि प्रशिक्षण गर्दै आएका छन्, त्यस क्लबलाइ पचास लाख युरो बार्सिलोनाले तिर्नुपर्ने सर्त छ। ४१ बर्षिय जाभिले बार्सिलोनामा खेल्दा ८ चोटि ला लिगा र ४ पटक च्याम्पियन्स लिग जितेका थिए भने स्पेनको रास्ट्र टिम बाट २०१० को वर्ल्डकप र २ पटक युरोपियन च्याम्पियनसिप जितेका थिए।

Al-sadd मा उत्कृष्ट कोचिङ गरिरहेका जाभी बार्सामा आउने भए पछि बासिलोनाका समर्थकहरु एकदमै खुसी छन्। जाभी आएपछी क्लब फेरि पहिलाकै लयमा फर्किने कुरामा धेरै आशावादी पनि छन् ।

You may also like