खेलकुद

नेपाली खेलाडिद्वारा अल्मुताइरिकाे तारिफ, कसले केके भने !

नेपाली राष्ट्रिय फुटबल टाेलिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीकाे बारेमा खेलाडि तथा एन्फाका पदाधिकारिहरुले खुलेरै प्रशंसा गरेका छन्।
अब्दुल्लाह अल्मुताइरीकाे मुख्य प्रशिक्षकमा अागमन भएसँगै नेपाली राष्ट्रिय फुटबल टोलीका अनेक गतिबिधिमा परिवर्तन देख्न पाइएको छ । टिमकाे खेलाडी छनोटदेखि प्रदर्शनमा समेत विगतभन्दा उनी आएपछि केही नयाँ देख्न पाइएको हो ।

नेपालका राष्ट्रिय खेलाडीहरुले पनि उनको प्रशिक्षणको खुलेरै प्रशंसा गरिरहेका छन् । उनीहरू अल्मुताइरी प्रविधिक रूपमा निकै अब्बल मान्छन् । त्यसैक्रममा नेपाली फुटबलर अभिषेक रिजालले पनि एक इन्टरभिउमा नेपाली प्रशिक्षककाे बारेमा अाफ्नाे धारणा राखेका छन्।

उनी पछिल्लो समय देखि टोली बाहिर रहेका अभिषेकले मैदानमा खेल्न नपाए पनि बाहिरबाट टिमको प्रदर्शन हेरिरहेका छन् ।

उनले प्रशिक्षक अल्मुताइरी आएपछि टिम र खेलाडीमा आएको परिवर्तनबारे पनि बताएका थिए। अल्मुताइरीको आगमनले खेलाडीमा नयाँ जोस थपिएको अभिषेक बताउँका छन् । एक चर्चित अनलाइनसँगको कुराकानीमा उनी भन्छन्, ‘नेपाली फुटबलमा आक्रामक शैलीको अभ्यास अल्मुताइरिले सुरू गर्नुभयो ।’

अन्य प्रशिक्षकभन्दा अलमुताइरी फरक रहेको उनले पाएका छन् । अलमुताइरीले प्रशिक्षकभन्दा पनि साथीको जस्तो व्यवहार गर्ने अनुभव रिजालको छ । खेलाडीसँग सबैकुरा सेयर गर्ने अलमुताइरीको बानी रिजाललाई अझी बढी मन पर्छ ।

प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा खेलाडीलाई दिने र गरिने स्याहार उत्कृष्ट रहेको उनले सुनाए । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ अलमुताइरीबाट बुवाले गर्ने जस्तै व्यवहार पाएको बताउँछन् ।

लामो समयदेखि नेपाली फुटबललाई नजिकबाट नियाली रहेका फुटबल विश्लेषक तथा एन्फा लिग कमिटीका संयोजक सञ्जीव मिश्र अलमुताइरीको खेलाइने शैलीबाट प्रभावित छन् ।

‘उहाँको खेलाउने तरिका निकै राम्रो छ,’ मिश्र भन्छन्, ‘पहिलेका प्रशिक्षकहरुले पनि खेल खेलाउँथे तर कुन खेलाडीलाई कुन समयमा मैदान प्रवेश गराउने भन्नेमा उहाँ खरो उत्रिनु भएको छ ।’

मैदान र खेलको परिस्थिति हेरेर प्राविधिक रूपमा निर्णय गर्नसक्नु अलमुताइरीको क्षमता रहेको उनले बताए ।

‘अल्मुताइरी खेलाडीलाई प्रोत्साहन गर्न सक्ने प्रशिक्षकको रूपमा देखा परेका छन्,’ मिश्र थप्छन्, ‘आफ्नो रणनीति अनुसार खेलाडीलाई खेलाउन सक्ने भएकाले उनी सफल बन्दै गएका हुन् ।’ पाइएको छ । टिममा खेलाडी छनोटदेखि प्रदर्शनमा विगतभन्दा उनी आएपछि केही नयाँ देख्न पाइएको हो ।

खेलाडीले पनि उनको प्रशिक्षणको खुलेरै प्रशंसा गरिरहेका छन् । उनीहरू अल्मुताइरी प्रविधिक रूपमा निकै अब्बल मान्छन् । नेपाली फुटबलर अभिषेक रिजाल विगतमा नेपाली टिमको महत्वपूर्ण सदस्य थिए ।

तर, उनी पछिल्लो समय भने टोली बाहिर छन् । अभिषेकले मैदानमा खेल्न नपाए पनि बाहिरबाट टिमको प्रदर्शन हेरिरहेका छन् ।

उनले प्रशिक्षक अल्मुताइरी आएपछि टिम र खेलाडीमा आएको परिवर्तनबारे पनि बताउने गरेका छन् । अल्मुताइरीको आगमनले खेलाडीमा नयाँ जोस थपिएको अभिषेक बताउँछन् । एक चर्चित अनलाइनसँगको कुराकानीमा उनी भन्छन्, ‘नेपाली फुटबलमा आक्रामक शैलीको अभ्यास उहाँले सुरू गर्नुभयो ।’

अन्य प्रशिक्षकभन्दा अलमुताइरी फरक रहेको उनले पाएका छन् । अलमुताइरीले प्रशिक्षकभन्दा पनि साथीको जस्तो व्यवहार गर्ने अनुभव रिजालको छ । खेलाडीसँग सबैकुरा सेयर गर्ने अलमुताइरीको बानी रिजाललाई अझी बढी मन पर्छ ।

प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा खेलाडीलाई दिने र गरिने स्याहार उत्कृष्ट रहेको उनले सुनाए । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ अलमुताइरीबाट बुवाले गर्ने जस्तै व्यवहार पाएको बताउँछन् ।

लामो समयदेखि नेपाली फुटबललाई नजिकबाट नियाली रहेका फुटबल विश्लेषक तथा एन्फा लिग कमिटीका संयोजक सञ्जीव मिश्र अलमुताइरीको खेलाइने शैलीबाट प्रभावित छन् ।

‘उहाँको खेलाउने तरिका निकै राम्रो छ,’ मिश्र भन्छन्, ‘पहिलेका प्रशिक्षकहरुले पनि खेल खेलाउँथे तर कुन खेलाडीलाई कुन समयमा मैदान प्रवेश गराउने भन्नेमा उहाँ खरो उत्रिनु भएको छ ।’

मैदान र खेलको परिस्थिति हेरेर प्राविधिक रूपमा निर्णय गर्नसक्नु अलमुताइरीको क्षमता रहेको उनले बताए ।

‘अल्मुताइरी खेलाडीलाई प्रोत्साहन गर्न सक्ने प्रशिक्षकको रूपमा देखा परेका छन्,’ मिश्र थप्छन्, ‘आफ्नो रणनीति अनुसार खेलाडीलाई खेलाउन सक्ने भएकाले उनी सफल बन्दै गएका हुन् ।’

You may also like