खेलकुद

इन्डियन क्रिकेट टोलि टि-ट्वान्टी वर्ल्डकपबाट बाहिरिएको छ। सेमिफाइनल खेल्ने चार टोलिको टुंगो लाग्यो।

भारतिय क्रिकेट टोलिको यसपालिको वर्ल्डकप यात्रा सुखद रहेन। चिर प्रतिद्वन्दी पाकिस्तान सङ त हार बेहोर्यो नै त्यसमाथी प्रतियोगिता बाटै बाहिरिएको छ। पाकिस्तान, न्युजिलेन्ड, स्कटल्याण्ड, अफगानिस्तान, र नामिबिया रहेका समुहमा रहेको भारतले आफ्नो एक खेल बाकी छदै बाहिरिएको छ।

आफ्नो पहिलो खेलमा पाकिस्तान सङ १० विकेटले हारेको भारतले दोस्रो खेलमा पनि न्युजिल्यान्ड सङ ८ विकेटले हारेको थियो। पछिल्ला दुई खेलहरुमा (अफ्गानिस्तान र स्कटल्याण्ड सङ) जिते पनि अङ्क तालिकाको दोश्रो स्थानमा आउन नसक्दा नामिबिया सङ्को खेल बाकी छदै प्रतियोगिता बाट बाहिरिएको छ।

सेमिफाइनलका लागि समूह ए बाट इङ्ल्याण्ड र अस्ट्रेलिया पुगे भने समूह बि बाट पाकिस्तान र न्युजिल्यान्डले स्थान बनाएका छन् । सेमिफाइनल जित्ने दुई टोलि नोभेम्बर १४ मा उपाधिका लागि भिड्ने छन् ।

You may also like