ताजा समाचार

गस्तीमा रहेको नेपाल प्रहरीको बाइक चोरि

सुन्दा अनौठो लाग्ने तर अचम्म को घटना घटेको छ। सप्तरी जिल्लामा रहेका प्रहरी गस्तीमा हिडेको बेला उनीहरूको मोटरसाईकल चोरी भएको छ। देश र जनताको सुरक्षाको निम्ति खटिएको प्रहरीको नै मोटरसाईकल चोरी भएपछि प्रहरीको सुरक्षाको माथि पनि ठूलो प्रश्न उठेको छ।

सप्तरी जिल्ला अन्तर्गत बोदेबर्साईन नगरपालिका-८ बहिरीयाही टोलबाट शुक्रबार साझ करिब साढे पाँच बजे प्रहरीको मोटरसाइकल चोरी भयो भनेर प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट दुईजना प्रहरी सवार भएर सांस्कृतिक कार्यक्रममा सुरक्षा दिनकाे निम्ति मोटरसाइकल पार्किङमा राखेर कार्यक्रमस्थलमा घुमिरहँदा त्यतिबेलै बा २ प ५६६१ नम्बरको मोटरसाइकल बहिरीयाही टोलबाट चोरी भएको थियो।

बहिरीयाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिनकाे निम्ति प्रहरी सहायक निरीक्षक दिलिप सिंहको नेतृत्वमा दुईजना प्रहरी गस्तिमा भएका थिए।मोटरसाइकल पार्किङमा राखेर कार्यक्रमस्थलमा घुमिरहँदा त्यतिबेलै मोटरसाईकल चोरी भएको प्रहरीले जनाएको छ।

You may also like