खेलकुद

नेपाल सिधैं टी-२० विश्वकपको ग्लोबल छनोटमा पुगेपछि यस्तो छ कप्तान मल्लको प्रतिक्रिया, हेर्नुस्

ICC T20 विश्वकप 2022 को ग्लोबल छनोटमा नेपाल क्रिकेट सिँदै छानिएको छ। योसँगै अब नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु पर्ने छैन ।

यो अवसर नेपालमै आईसीसी टी-२० वरीयताका आधारमा पाएको हो। नेपाल हाल 13 औं स्थानमा रहेको छ। यसैले नेपालले अब ग्लोबल छनोटमा जिम्बाबे, यूएई, हङकङ र पपुवा न्युगिनीसँग खेल्न पर्ने छ।

ग्लोबल छनोट अहिले तत्काल भने हुने छैन , आगामी वर्षको फेब्रुअरी तथा मे महिनामा हुनेछ ।

सिधैं ग्लोबल छनोट खेल्ने अवसर नेपालले पाएपछि के भन्छन् त नेपाली क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल हेर्नुस्।

‘सिधैं ग्लोबल छनोट हुनु राम्रो कुरा हो नेपाली क्रिकेटको लागि। यति हुँदा हुँदै पनि यो चरण पार हुनको लागि सहज भने पक्कै छैन । हाम्रो अबको लक्ष भनेकै ग्लोबल छनोट हुँदै विश्वकप खेल्नु हो। यसको लागि अझै धेरै नै अभ्यास गर्न बाँकी रहेको बताएका छन्।उनी अझै थप्छन्‘ओमान भ्रमण सकाएपछि इपिएल सुरु भयो, हामी सबै त्यसमै व्यस्त भयौं, अहिले हामी खाली नै छौं यो समयमा हामीले धेरैनै अभ्यास गर्न पर्ने छ। उनले थपे।

अब हुने 2022 को टी-२० विश्वकप अस्ट्रेलियामा हुनेछ । वरियताका शीर्ष आठमा पुग्ने टोली सिधैं सुपर १२ मा पुगेका छन् । अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तान सिधै सुपर १२ मा पुगेका हुन् ।

श्रीलंका, वेस्ट इन्डिज, स्कटल्यान्ड र नामिबिया पनि आगामी विश्वकपमा छनोट भई सकेकाछन् । यद्यपि यी ४ टोली पहिलो चरणमा रहेका छन् ।

आईसीसीका अनुसार अष्ट्रेलियामा हुने विश्वकपमा १६ टोलीले सहभागिता जनाउने छन् ।

You may also like