मनोरन्जन

बलिउडका चर्चित गायक कुमार सानू यहि हप्ता नेपाल आउने ।

बलिउडका चर्चित गायक कुमार सानू फेरि नेपाल आउने भएका छन् । जनकपुरमा आयोजना हुने “कुमार सानू लाइभ इन कन्सर्ट” मा प्रस्तुती दिन ऊनी यहि कात्तिक २७ गते नेपाल आउन लगेका हुन् । ब्लुबर्डले आयोजना गर्ने उक्त कन्सर्ट जनकपुर स्थित होटेल राजदरबार एन्ड नवरङ्ग रिसोर्टमा हुनेछ।

कुमार सानुले कन्सर्टमा उनका चर्चित गानाहरु गाएर दर्शकलाई मनोरञ्जन दिने छन् । उनलाई हेर्न दर्शकले टिकट भने काट्नु पर्ने छ। प्लाटिनम र गोल्ड गरेर टिकटको मूल्य ४५०० र ३००० छुट्याइएको छ। सुगम पोख्रेल सहित अन्य नेपाली कलाकारहरुको समेत प्रस्तुती हुने उक्त कार्यक्रमको होस्टिङ सुशील नेपालले गर्नेछन् ।

ऊनी यश अघि पनि सन् २०१७ मा नेपाल आएका थिए। त्यो बेला उनले काठमाडौको “होटेल याक एन्ड येति” मा प्रस्तुती थिए। हिन्दी मात्र नभएर केही नेपाली गितहरु समेत गाएका यी पुराना गयक नेपालमा पनि एकदमै लोकपि्रय छन् ।

You may also like