खेलकुद

नबयुग याे सिजन ए डिभिजन लिग नखेल्ने,कारण यस्ताे छ

सहिद स्मारक ए डिभिजनको लिगका तयारीको क्रममा रहेको आर्मी र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच गत साता अखिल नेपालफुटबलसंघ(एन्फा)कोसातदोबाटोस्थित मैदानमा मैत्रीपूर्ण खेलका क्रममा नवयुगको घुँडामा चोट लागेको कारणले उनी कम्तीमा पनि दुई महिना मैदान बाहिर रहनुपर्ने प्रारम्भिक अनुमान गरिएको छ ।राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड समेत रहेका नवयुग श्रेष्ठको दायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ।

खेलकाे दाैरान उनको दायाँ घुँडाको मेडिएल कोल्याटरल लिगामेन्टमा (एमसिएल) चोट लागेको थियाे। नवयुगले शल्यक्रिया र पुनर्स्थापनाका कारण लिग नै गुमाउने सम्भावना बढेको छ साथै यसले उनकाे फुटबल करियरमा पनि ठेस पुर्याउने सक्ने अनुमान गरिएकाे छ।

“बिबिसीका विदेशी खेलाडीसँगको फिप्टी फिप्टी बलमा कन्ट्याक हुँदा घुँडा झट्केको थियो”, नवयुगले भने, “सामान्य होला भन्ने लागेको थियो । तर भोली पल्ट परिक्षण गर्दा एमसिएल थर्ड स्टेज टिएरको चोट भन्ने थाहा भयो ।”

दुखाई बढेसँगै चिकित्सकले शल्यक्रिया भन्नुभयाे र चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्न लागेको उनले बताए । ‘घुँडा खुम्चाउन मिल्दैन । अलि अलि दुखाई पनि छ । डाक्टरले शल्यक्रिया गर्दा राम्रो हुने र आठ हप्ता पूरा आराम गर्नुपर्छ भन्नु भएको छ’, उनले थपे, ‘शल्यक्रियापछिको रिकभरी प्रोसेस कसरी अघि बढ्छ, चोट कसरी ठीक हुन्छ त्यसको आधारमा कहिले फर्कन सकिन्छ डक्टरले भन्नुहोला ।’

मैत्रीपूर्ण खेलपछि तिहार मनाउन इलाम घर गएका नवयुग मंगलबार काठमाडौं फर्कंदैछन् । नवयुग सम्मलित टोलीले गत महिना माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप खेलेको थियो । २८ वर्ष अघि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल खेलेको थियो ।

You may also like