खेलकुद

T20 विश्वकप क्रिकेट, पहिलो सेमिफाइनल, इङल्याण्ड भर्सेस न्युजिल्यान्ड, कस्को सम्भावना कति?? समय कहिले? हेर्नुस्

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आजबाट सेमिफाइनलका खेलहरु सुरु हुने भएका छन् । जस अन्तर्गत आज हुने पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड बीच कडा भिडन्त हुँदैछ।

समय: नेपाली समय अनुसार राति पौने 8 बजे

इंग्ल्यान्ड समूह १ को विजेता जहां 5 खेलमा 4 जित हासिल गरेको थियो भने न्युजिल्यान्ड समूह २ को उपविजेता जहां 5 खेलमा 4 खेल जिती उपविजेता भएको थियो हो।

यस विश्वकप मा एक मात्र पराजित टोली पाकिस्तान संग मात्र न्युजिल्यान्ड पराजित भएको छ । दुवै टोली लयमै भएका कारण आजको खेल निकैनै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

त्यस्तै टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भोलि पाकिस्तान र अष्ट्रेलिया बीच खेल हुनेछ।

You may also like