खेलकुद

T20 विश्वकप : न्यूजिल्याण्डको सानदार जीत, पुग्यो पहिलोपल्ट फाइनलमा

20 विश्वकप अन्तर्गत आज भएको पहिलो सेमीफाइनल खेलमा न्यूजिल्याण्ड इङ्ल्यान्ड विरुद्ध 5 विकेटले विजयी भएको छ ।

पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित विस ओभर 4 विकेट गुमाउँदै 166 रनको योगफल तयार पारेको थियो। जसका लागि मोइन् अलिले अविजित 51 रनको योगदान दिए।

जबाफि ब्याटिङ गरेको न्युजल्याण्ड ले सानदार ब्याटिङ गरेको थियो। खेलको सुरुमै मार्टिन गुप्टील आउट भएर दबावमा रहेको टिम फेरि कप्तान केन विलिएमसन् पनि लगत्तै आउट भएका थिए।

खेलमा जिमी निसम ले 11बलमा 27 रनको पारी खेले भने ओपनर मिचेल ले 72 रनको नट आउट खेले। खेलको अन्त्य तिर चार ओभरमा 37 रन आवश्यक परेको थियो । त्यसबेला सानदार ब्याटिङ गरी पहिलो पल्ट t 20 विश्वकप को फाइनलमा पुगेको छ।

You may also like