आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल आज हुँदैछ। जहां पाकिस्तान र अष्ट्रेलिया भिड्दैछन् ।
समय: आज राती 8:45
पाकिस्तान समूह २ को विजेता र अष्ट्रेलिया समूह १ को उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।
जारी टी–ट्वान्टी विश्वकपमा पाकिस्तान उत्कृष्ट प्रदर्शन गर्दै एउटा पनि खेल हारेको छैन। पाकिस्तानलाई यो वर्षको उपाधिको दावेदार को रुपमा पनि हेरिएको छ। अष्ट्रेलिया भने समूह चरणमा इंग्ल्यान्डसँग पराजित भएको थियो ।
आजको विजेताले उपाधिको लागि न्युजिल्यान्डसँग आईतबार खेल्नेछ ।
हिजो भएको खेलमा खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्यान्ड पहिलो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।