विजनेस

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण बिद्यार्थी सडकमा !

पेट्रोलियम पदार्थको मूल्यवृ’द्धिको विरोधमा प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले नाफा घाटा जान्दैनौं, मूल्यवृ’द्धि मान्दैनौं लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला पनि जलाएका छन् । नेपाल आयल निगमले बुधबार राति खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३/३ रुपैयाँ मूल्य बढाएको थियो ।

मूल्यवृ’द्धिको विरोधमा सत्तारुढ गठबन्धनमै रहेका दलको विद्यार्थी संगठनले पनि आन्दोलन घोषणा गरेको छ ।

पाँच दलीय गठबन्धन आउँदो चुनावसम्म : राष्ट्रिय जनमोर्चा२३ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अहिलेको सत्तारुढ गठबन्धन आगामी चुनावसम्म निरन्तर लैजानुपर्ने बताएको छ ।

उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गरी नेकपा एमालेले प्रतिगमनलाई मद्दत पुग्ने, राष्ट्रियतामाथि आघात पुर्‍याउने तथा देशलाई अधिनायकवादतिर लैजाने दृष्टिकोणले संविधानमा संशोधन गर्न प्रयत्न गर्ने सम्भावना भएको भन्दै गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्ने बताएकी छन् ।