खेलकुद

शहिद स्मारक ए डिभिजन लिगकाे मिति फेरबदल साथै टिकटकाे मूल्य पनि घाेषणा

यहि कार्तिक २९ गतेदेखि शुरु हुने भनेर बताइएकाे बहु’प्रतिक्षित कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको मिति पाँच दिन पछि सरेको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सो मिति पाँच दिन पछि सारेर मंसिर ३ मा पुर्याएको छ।

उद्घाटन खेलमा नव आगन्तुक टोली सातदोबाटो युथ क्लब र फ्रेण्डस क्लब भि’ड्दै लिगको नयाँ सिजनको शुरुवात गर्ने छन् । साथै एन्फाका महासचिव इन्द्रमान तुलाधरकाले भने अनुसार लिगका खेलहरु प्रत्येक साताको शुक्रबार शनिबार र आइतबार हुने पनि जानकारी दिए । तुलाधरका अनुसार सहभागी क्लबहरुको सुझाव र आवश्यक छलफल प’श्चात नै यो निर्णय लिइएको बताए ।

लिगमा यसपटक कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन् भने त्यसमध्ये दुई टोली रेलिगेशनमा पर्ने छन् । त्यस्तै लिग विजेताले यसपटक लिग उपाधिसहित नगद ७५ लाख हात पार्ने एन्फाले यसअघि नै घोषणा गरिसकेको छ ।

याे पनि पठ्नुहाेस।

एन्फाले ताेक्याे टिकट मुल्य,रंगशालामा चिया,कफिकाे बेबस्था:

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ मंसिरदेखि सुरू हुने श’हीद स्मारक ‘ए’ लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । लिग पहिलो पटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ । यस्तै एन्फाले टिकट दरसमेत घोषणा गरेको छ ।

एन्फाले लिगको साधारण तर्फको १०० र भीआईपी तर्फको ५०० रुपैयाँ टिकट दर नि’र्धारण गरेको महासचिव इन्द्रमान तुलाधरले जनाए ।

एन्फाले पहिलो पटक लिगमा दर्शकलाई मध्यनजर गर्दै रिफ्रेसमेन्ट सुविधाको घोषणा गरेको छ । अब एन्फाले खेल हेर्दा कफी, चिया, बर्गरलगायतका सुविधाहरू रहेको लिग निर्देशक सन्जिव मिश्रले जानकारी दिए । एन्फाले लिगको केही खेल पोखरामा समेत गर्ने र प्रत्येक शुक्रबार र शनिबारका खेल फ्लड लाइटमा हुनेसमेत बताएको छ ।

You may also like