खेलकुद

विश्वकप फुटबलका छनाेट खेलमा अर्जेन्टिनाकाे अपराजित यात्रा कामयै

आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण माहादेश जारी छनौट खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गरेको छ। उरुग्वेकाे घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना पाहुना टोली भएर गएको थियो।यस १२अौं संस्करणकाे खेलमा उरुग्वेलाई अर्जेन्टिनाले निरास बनाई खेल आफ्नो पक्षमा लिएको थियो।

फिफा विश्वकप छनोटको यसअघि को खेलमा पनि अर्जेन्टिनालाई उरुग्वेलाई ३-० को नमिठो हार चखाएको थियो। अर्जेन्टिनाको कप्तान लियोनेल मेस्सी विना उत्रिएको टोलिकाे फ्रनटलाइन डि मारिया, पाउलाे डिबाला र मार्टिनेजलले सम्हालेका थिए। खेलको सुरुवाती मिनेटमै डि मारियाले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए साथै सोही गोल नै खेलको निर्णायक गोल हुन पुग्यो र अर्जेन्टिनाले १-०साँघुरो जित निकाल्न सफल भयो सफल भयो।

पाउलाे डिबालाकाे सुन्दर पासमा डि मारियाले गोल पोस्ट को माथिल्लो बार च्यापेर गोललाई जालिसम्म चुमाउन सफल भएका थिए। उनको सो प्रहारलाई उरुग्वेकाे गोलरक्षकले विफल बनाउने प्रयास गरे पनि उनी आफैं असफल भए। खेलमा उरुग्वेले गोल गर्ने प्रशस्तै मौका पाएपनि सदुपयोग गर्न नसक्दा उसले आफ्नै घरमा हारलाई पन्छाउन सकेन।
आजको जितसँगै अर्जेन्टिना यस विश्वकप छनोटमा लगतारअपराजित यात्रा कायम गर्दै १२ खेल सकिँदा ८ जित र ४ बराबरी खेलेर सम्मान २८ अङ्क जोड्न सफल भएको छ। अर्जेन्टिनाले अब अर्को खेल बुधबार विहान चिरप्रतिद्वन्द्वी ब्राजिल सँग खेल्दैछ।

You may also like