खेलकुद

बार्सिलोना फर्किने भएपछी ब्राजिलियन डिफेन्डर डानि अल्भेसले यसरी खुशी व्यक्त गरेका छन् ।

बार्सिलोना बाट २०१५/१६ को सिजन खेले पश्चात युभेन्टस गएका प्रख्यात ब्राजिलियन डिफेन्डर डानी अल्भेस जाभी आएसङै बार्सिलोना फर्किने भएका छन् ।

पाँच वर्ष पछि  फेरि बार्सिलोना फर्किने भएपछी उनले आफ्नो खुशी इन्स्टाग्राममा व्यक्त गरेका छन् । उनी लेख्छन् ” यहाँ सम्म आउन झन्डै ५ वर्ष संघर्ष गर्न पर्‍यो। यो दिन पक्का आउँछ भनेर मलाई आत्मा बाटै थहा थियो तर यति गाह्रो होला भन्ने थाहा थिए। म घर फर्किदै छु, जुन घर मैले आफ्नो मनबाट कहिल्यै छाडेको थिइन, त्यो घर जहाँ रहदा म सबैभन्दा धेरै खुसी हुन्छु। बार्सिलोनालाई संसारकै उत्कृष्ट क्लबमा पुनर्स्थापना गर्ने इच्छा लिएर म घर फर्किदै छु।”

यसअघि २००८ मा बार्सिलोना आएका अल्भेसले त्यहाँ बाट ८ वटा सिजन खेल्दा ला लिगा ६ पटक, कोपा डेल रे ४ पटक, च्याम्पियन्स लिग ३ पटक, क्लब वर्ल्डकप ३ पटक, स्पेनिस सुपर कप ३ पटक र युरोपियन सुपर कप ४ पटक जितेका थिए।

ऊनी अर्को हप्ता बाट प्रसिक्षणमा सामेल हुने छन् तर जेनवारी बाट मात्र उनलाई बार्सिलोनाको टिमबाट मैदानमा देख्न सकिन्छ। उनले र बार्सिलोनाका सबै सुभचिन्तकहरुले चाहेको जस्तै बार्सा फेरि पुनर्स्थापना हुन सक्ला त?

You may also like