राजनीति

प्रधानमन्त्रि देउवाकाे चुनाैति पूर्वराजालाई, शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका छन् ।

देशकाे प्रधानमन्त्रि जस्ताे पदमा बसेर पुर्बराजालाइ चिड्याउन अलिक स्वभाब नदिएपनि यस्ता खाले तर्क पहिलाबाट नै सुन्ने गरिन्छ।

आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले भने, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल शुरु भयो ।’

‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ,’ देउवाले भने, ‘शासन व्यवस्था विरुद्ध नलाग्नुस् ।’संविधानमा केही असन्तुष्टि आफ्नो पनि रहेको बताउँदै देउवाले त्यसलाई सुधार्दै जाने बताए ।

हुन त क प्रचण्ड पनि गत कात्तिक १५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजावादीहरुसँग मिलेर गणतन्त्र उल्टाउन लागिपरेको आरोप नै लगाए । पूर्वराजा र राजावादीसँग जोडेर प्रचण्डको अभिव्यक्ति आएको यो पहिलो पटक होइन । त्यसअघि नै प्रचण्डले निर्मलनिवासबाट हटाएर पूर्वराजालाई नागार्जुन लखेट्ने अभिव्यक्ति दिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्णपदकबाट सम्मान गरेको थियो ।

You may also like