खेलकुद

प्रशिक्षकले एसियन कपमा नेपालको सहभागिता बारे के धारणा राखे,(पढ्नुहोस)

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरि नेपालको प्रशिक्षक भएपश्चात नेपाली फुटबलले निकै फड्को मा’रिसकेको छ।
केहि दिन अगाडि मात्र नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्म छिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनबिच भएको छलफलमा प्रशिक्षक अल्मुताइरिले आफ्नो सकारात्मक धारणा राख्दै नेपाली फुटबलको लागि थप तीन वर्ष काम गर्ने भनेर प्रतिबद्धता जनाएका थिए।

कुवेतको चर्चित मिडिया संग कुरा गर्दै प्रशिक्षकले नेपाल फुटबल संघसंग सम्झौता गर्नुको कारण खुलाएका छन्। मिडियासँग कुरा गर्दै उनले थपे ” यस अक्टोबर महिनामा सम्झौता सकिएपछि नेपाली फ्यानबाट एकदमै सकारात्मक प्रतिक्रिया पाएको छु। म यसबाट धेरै गर्व गर्छु। मैलेजति नेपाली फ्यानबाट मायामोह पाए त्यसैको अनुरुप आज मैले सम्झौता हस्ताझार गरेको हु। नेपालीको मायाले मलाई लाउन फेरी बाध्य बनायो। मलाई थाहा छ अब मिसनहरु गाह्रो छ किनकि अपेक्षाहरु छन्।

नेपाल विश्वकपमा छनोट होला भनेर प्रश्न गर्दा
उनको जवाफ” मलाई लाग्छ नेपालले २०२६ को विश्वकप खेल्न निकै कठिन छ यो असम्भव कुरा नै हो। तर मेरो मुख्य लक्ष्य भनेको २०२३ वा २०२७ एसियन कपको लागि छनोट सुनिश्चित गर्नुहो।”

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिले भबिस्यमा कुवेत राष्ट्रिय टोलीको प्रशिक्षक बन्नेछ भएको पनि बताएका छन्। उनले भने म कुवैत राष्ट्रिय टोलीको प्रशिक्षक बन्न चाहन्छु। मलाई बिश्वास छ साथमा खुशी पनि छु र एसियाली टोलीहरूसँग काम गर्नु  मेरो कुरियरकाे उत्कृष्ट निर्णय थियो।

You may also like