खेलकुद

आइसिसी टी 20 विश्वकप : फाईनलका लागि आज अस्ट्रेलीया र न्युजील्या्ड भिड्ने

आईसीसी टी–२० विश्वकपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन्।

समय: राती 7:45 बजे

दुवै टोली पहिलो पटक टी–२० विश्व कपको फाइनलमा पुगेका हुन्।

न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्न लागेको हो ।यी दुवै टोलीले अहिले सम्म आइसीसी टी–२० विश्व कप उठाउन सकेका छैनन्।

सेमिफाइनलमा अस्ट्रेलियाले समूह दुईको विजेता पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । त्यस्तै न्युजिल्यान्ड पनि समूह दुईको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।सेमिफाइनलमा न्युजिल्यान्डले समूह एकको विजेता इङ्ग्ल्यान्डलाई पराजित गरी फाइनलमा पुगेको हो ।

यी दुई टोलीबीच भएका १४ टी–२० खेलमा अस्ट्रेलियाले ९ तथा न्युजिल्यान्डले ५ खेल जितेको छ ।

You may also like