खेलकुद

T20 विश्वकप: न्युजील्यान्डलाई हराउँदै अस्ट्रेलिया बन्यो पहिलो पल्ट च्याम्पियन

आईसीसी टी-२० विश्व कपकाे फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराई पहिलो पल्ट उपाधि जितेको छ।

अस्ट्रेलियाका लागि डेभिड वार्नर ५३ , मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए । बलिङतर्फ ट्रेन्ट बाेल्टले दुई विकेट लिए ।

पहिला टस हारेर पहिले ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनायाे । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रन बनाए ।बलिङतर्फ जाेश हेजलवूडले ३ विकेट लिएका थिए।

यस पटक टी-२० विश्व कपले नयाँ च्याम्पियन पाएकाे छ । दुवै टोली पहिलो पल्ट फाइनलमा पुगेका हुन्, जहाँ अस्ट्रेलया एकचोटि पहिला पनि पुगेको थियो।

You may also like