खेलकुद

पोर्चुगलले वर्ल्डकप २०२२ खेल्न प्लेअफ बाट छानिनु पर्ने । के हुन्छ प्लेअफमा ?कसरी छनौट हुन सक्छ प्लेअफबाट? थाहा पाउनुहोस

२०१६ युरोकप बिजेता पोर्चुगल गएराती सर्बियासङ भएको खेलमा ९० औं मिनेटमा गोल खान पुग्दा २०२२ वर्ल्डकपमा छ्नौट हुने सुनौलो अबसर गुमाएको छ। तर अझै आशनै मारी हाल्नु पर्ने स्थिती चाहिँ छैन। अझै प्लेअफ बाट छनौट भएर कतार जाने बाटो खुल्लै छ।समूह चरणका सबै खेल खेलीसकेको पोर्चुगल समुह A बाट दोश्रो स्थानमा रहेको थियो।

प्लेअफको बारेमा:

१० समुहका दोश्रो स्थानमा रहेका दस टिम र नेसन्स लिगका शीर्ष दुई टिम गरि १२ वटा टिम प्लेअफ खेल्नेछन। जसमध्ये ३ टिम मात्र २०२२ वर्ल्डकप खेल्न छनौट हुनेछन्। आउदो मार्च २४ बाट हुने प्लेअफमा १२ टिमलाइ ३ ओटा समुहमा राखिनेछ, प्रत्येक समुहमा ४ वटा टिम पर्ने गरि । त्यसपछी प्रत्येक समूह भित्र सेमिफाइनल र फाइनल गरि खेलाइने छ जसबाट फाइनम जित्ने ३ टोलिले मात्र वर्ल्डकप खेल्न पाउने छन् ।

प्लेअफमा पोर्चुगल र अरु टिमले को सङ भिड्नेछन् भनेर थहा पाउन नोभेम्बर २६ मा हुने चिठ्ठा नै पर्खिनु पर्ने हुन्छ। अहिले सम्म ५ ओटा समुहको नजिता हेर्दा पोर्चुगल सहित रुस, स्कटल्याण्ड, स्विडेन र नर्थ म्यकेडोनिया प्लेअफ खेल्ने टुङ्गो लागि सकेको छ भने बाकी ५ ओटा टोलिको टुंगो लाग्न बाकी नै छ।

यता सर्बियाले भने पोर्चुगललाइ २-१ ले जितेर हिजोनै कतारका लागि आफ्नो स्थान पक्का गर्‍यो । ३६ बर्षिय जादुगरी रोनाल्डोले आफ्नो पाँचौ तथा अन्तिम (सम्भावित) वर्ल्डकप खेल्न नपाउने भन्ने डर छ। रोनाल्डोका र पोर्चुगिज समर्थक हरुले प्लेअफबाट छनौट होस भनेर कामना गर्न बाहेक अरु केही उपाय छैन।

You may also like